दुर्घटनामा परी खुट्टा गुमाएका मकवानपुरका चेपाङलाई काँग्रेस बागमती संसदीय दलको आर्थिक सहयोग

तु खबर संवाददाता
२०७७ असार १८, बिहीबार १५:०२

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले दुर्घटनामा परी घाइते भएका मकवानपुरका एक चेपाङ युवकलाई आर्थिक सहयोग गरेको छ ।

काँग्रेस बागमती दलले मोटरसाइकल दुर्घटनामा परी बायाँ खुट्टा गुमाएका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ गौथलीटारका जितन चेपाङलाई २५ हजार रुपैंया नगद सहयोग गरेको हो ।

ती युवकको कृत्रिम खुट्टा हाल्नका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सिफारिसमा उपलव्ध रकम प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङले हस्तान्तरण गरेका छन् ।

प्रदेश सभा सदस्य सन्तबहादुरले आफ्नो सेवासुविधाबाट थप २० हजार रुपैयाँ पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जितनको कृत्रिम खुट्टा हाल्नका लागि ३ लाख रुपैयाँ लाग्ने छ ।

हस्तान्तरण कार्यक्रममा आदिवासी जनताजाति महासंघ मकवानपुर उपाध्यक्ष खेम चेपाङ, नेपाल चेपाङ संघ मकवानपुर अध्यक्ष पूर्णबहादुर चेपाङ लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*