२०७५ साल जेठ २ गते भएको सम्झौता कार्यान्वयन नभएको प्रचण्डको गुनासो

तु खबर संवाददाता
२०७७ असार १०, बुधबार १६:२६
फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तत्कालीन माओवादी र एमालेवीच २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै दुई पार्टीबीच भएको सम्झौता अनुरुष कार्यान्वयन नभएको गुनासो गरेका हुन् ।

तत्कालीन एमाले र माओवादीवीच ०७५ जेठ ३ गते औपचारिक रुपमा एकीकरण भएको थियो । जसमा ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*