मन्त्री ढुंगेलका कारण प्रदेशसभामा बबाल

तु खबर संवाददाता
२०७७ असार ३, बुधबार १९:१८

मकवानपुर । बागमती प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिनियोजित बजेट टेबुल गरेका छन् ।

बिनियोजित बजेट टेबुल गर्नुअघि नै रातो किताब सबै प्रदेश सदस्यको हातहातमा पुग्नुपर्नेमा अर्थ मन्त्रालयको लापरवाहीले बिनियोजित बजेटको रातो किताब प्रदेश सदस्यहरुले पाउन सकेनन् ।

जसका कारण प्रदेश सदस्यहरुले व्यापक विरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले वैठक नै अनिश्चित कालका लागि स्थगित गरेको घोषणा गरिदिए ।

अर्थमन्त्री ढुंगेल र उनको मन्त्रालयले यस्तो लापरवाही काम गरेपछि यसको प्रदेश सदस्यहरुले आलोचना गरेका छन् । संसदीय मर्यादाको समेत ख्याल नगरी अर्थमन्त्रीले गरेको यस्तो काम गम्भीर भएको उनीहरुको भनाई छ ।

बिनियोजित बजेटको प्रति (किताब) हातमा नआएसम्म बजेटमाथि छलफल हुन नसक्ने अडान प्रदेशसभा सदस्यहरुले राखेपछि सभामुखले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*