गृहमन्त्री थापाले मागे नागरिकता विधेयकमा सहमति जुटाउन समय

तु खबर संवाददाता
२०७७ असार ३, बुधबार १८:३७
फाइल तस्बिर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले नागरिकता विधेयकमा राजनीतिक दल र संसदमा सहमति जुटाउन समय मागेका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथि भएको छलफलमा गृहमन्त्री बादलले झन्डै दुई वर्षदेखि अड्किएको उक्त विधयेकमा सहमति जुटाउन समय मागेका हुन् ।

समिति सभापति शशी श्रेष्ठले उक्त विधेयकमा मतदान गर्ने तयारीको साथ बैठक बोलाएकी थिइन् ।

तर, बैठकमा गृहमन्त्री बादलले यस विषय गम्भीर भएकोले सरकार र राजनीतिक तहबाट यसलाई सहमतीमा टुंग्याउन जरुरी रहेको र त्यसको लागि सहमती गर्न समय मागेका हुन् ।

नागरिकता विधेयक २०७५ साउनदेखि संसदमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*