प्रदेश सरकारले ल्याएको बजेटमा निकै समस्या छ : पशुपति चौँलागाई
मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य पशुपति चौँलागाईले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि प्रदेश सरकारले ल्याएको बजेटमा केही समस्या भएको बताएका
छन् ।
प्रदेश सरकारले केन्द्रिय सरकारबाट आउने अनुदान र स्थानीय स्रोतको मूल्याङकन नगरी बजेट प्रस्तुत गरेको उनले बताए ।
सरकारले बजेट सार्वजनिक गर्नुअघि केही सजगता अपनाउनुपर्नेमा त्यसो नभएको उनको भनाई छ ।
उनले बागमती प्रदेशमा अन्तराष्ट्रिय स्तरको कृषि प्रयोगशाला निर्माण गर्नुपर्ने कुरा बजेटमा उल्लेख नभएकोमा चिन्ता व्यक्त गरे ।
विदेशबाट फर्किएको युवाहरुलाई व्यवसायीक काममा लगाउन प्रदेश सरकारले गरेको तयारी पर्याप्त भएको उनको भनाई छ ।
सरकारले कृषि र शिक्षा क्षेत्रमा ल्याएको बजेट भने प्रभावकारी भएको उनको भनाई छ ।
हिजो असार १ गते प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।
उक्त बजेटमध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पूँजीगत खर्चतर्फ रु २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजित गरिएको छ । अर्थात चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ ४८.४४ प्रतिशत रकम विनियोजन गरिएको छ ।
