बागमती प्रदेश सभाको बैठक सर्यो

तु खबर संवाददाता
२०७७ असार २, मंगलवार १०:४८

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न ११ बजे बस्ने भनिएको बैठक केही घण्टा पर सरेको छ ।

आज बिहान बसेको कार्य परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक ११ बजेको सट्टा दिउँसो २ बजे बस्ने गरी समय परिवर्तन गरेको प्रदेशसभा सचिवालयका सहप्रवक्ता विनोद पौडेलले जानकारी दिए ।

यसअघि सामेबार बसेको प्रदेश सभा बैठकले आज दिनको ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, आज बिहान बसेको कार्य परामर्श समतिको बैठकले समय परिवर्तन गरिएको हो ।

आज बस्ने प्रदेश सभा बैठकमा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल हुनेछ ।

मन्त्री ढुंगेलले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट सार्वजनिक गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*