कतारबाट नेपाल आउने भनिएको उडान रद्ध

असार,१ कतार । कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान रद्द भएको छ ।
कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि १६ जुनमा नेपाल एयरलाइन्सको र १७ जुन मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले रद्द भएको नेपाली राजदूतावास दोहा कतारले जनाएको छ ।
सोमवार दूतावासले सूचना जारी गर्दै दुई वटा चार्टर्ड उडान रद्द भएको जानकारी दिएको हो । दूतावासले उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने जनाएको छ ।
यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ र ३ गतेका लागि तय भएको नेपाल एअरलाइन्सको चार्टर्ड उडान रद्द भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले निकालेको सूचनामा प्राविधिक कारणले उडान रद्द गरिएको जनाइएको छ ।