बागमती प्रदेश सरकारको आर्थिक वर्ष ०७७/७८ को बजेट (हेर्नुहोस पुर्ण बजेट )
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका हुन् ।
उक्त बजेटमध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पूँजीगत खर्चतर्फ रु २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजित गरिएको छ । अर्थात चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ ४८.४४ प्रतिशत रकम विनियोजन गरिएको हो ।
मन्त्री ढुंगेलले सार्वजनिक गरेको बजेटमा कोरोना संक्रमित उपचार सेवामा प्रदेशका १३ वटै जिल्लामा उच्चस्तरी कोरोना अस्पतालको स्थापना, प्रयोगशाला र दक्ष चिकित्स जनशक्ति उपलब्ध गराउने विषयमा उच्च प्राथमिकता दिइने उल्लेख छ ।
उक्त बजेटमा कृषीको उत्पादन, पशुपालन, बाझो जग्गामा सामुहिक खेती गर्ने अभियान र प्रदेशको मुख्यमुख्य शहरमा औद्योगिक क्षेत्रको विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ ।
यसैगरी उक्त बजेटमा मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई मजबुत तुल्याउने पोष्ट बहादुर बोगटी भीमफेदी– कुलेखानी सुरुङमार्गलाई आगामी ४ वर्षभित्र निमार्ण गर्ने लक्ष्यका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
[pdf-embedder url=”https://www.tukhabar.com/wp-content/uploads/2020/06/Bagmati-prov-Budget-2077-78.pdf” title=”Bagmati prov Budget 2077-78″]
