प्रदेशसभामा माइक विग्रियो, स्थगित गरिएको बैठक सुरु हुन सकेन
मकवानपुर । प्रदेशसभा बैठक चलिरहेका बेला एक्कासी माइक विग्रिएपछि वैठक स्थगित भएको छ ।
प्रदेशसभा सदस्यहरुले विशेष समय लिएर आआफ्नो धारणा राखिरहेका बेला माइक विग्रिएको हो । उपसभामुख राधिका तामाङले बैठक संचालन गरिरहेकी थिइन् ।
उनले प्राविधिक समस्याका कारण १० मिनेटको लागि सभा स्थगित गरिएको जानकारी दिएका थिइन् । तर, प्रदेशसभा स्रोतले दिएको जानकारी अनुसार, विग्रिएको माइक अहिलेसम्म बनेको छैन ।
आर्थिक वर्ष २०७७/०७८ को लागि भोलि संसदमा बजेट पेश गरिँदैछ । बजेट प्रस्तुत गरिने अघिल्लो दिन आज पनि प्रदेशसभाको बैठक बसेको थियो । सो बैठक चलिरहेका बेला माइकमा समस्या आएको हो ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँ, विवेकशील नेपाली दलका रमेश पौड्याल, जगतबहादुर सिम्खडा, बसन्त प्रसाद मानन्धर, बिजुला बर्मा राना लगायतले आफ्नो भनाइ राखेका छन् ।
