मनहरी–३ का वडा अध्यक्ष स्याङ्तानको निधन

तु खबर संवाददाता
२०७७ जेष्ठ ३०, शुक्रबार ०९:३८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मानबहादुर स्यांङ्तानको निधन भएको छ । वडाध्यक्ष स्याङ्तानको बिहिबार निधन भएको हो ।

कलेजो क्यान्सरको उपचार गराइरहेका उनको चितवनको मेडिकल कलेजमा उपचार क्रममा निधन भएको हो ।

स्याङ्तान नेकपा मनहरी गाउँपालिकाका सचिवालय सदस्य तथा तत्कालिन हाँडिखोला गाविसका निर्वाचित गाविस उपाध्यक्षसमेत रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*