पूर्वमन्त्री ढकालद्वारा ५ सय थान सर्जिकल मास्क हस्तान्तरण

तु खबर संवाददाता
२०७७ जेष्ठ १७, शनिबार ०८:२१

काठमाडौ । पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकालले मकवानपुरका पत्रकारहरुको लागि ५ सय थान सर्जिकल मास्क उपलब्ध गराएका छन् । तु खबरका समाचार प्रमुख बलराम पुडासैनीलाई ढकालले मास्क हस्तान्तरण गरेका हुन् ।

समाचार संकलनका लागि अग्रभागमा क्रियाशील हुने पत्रकारहरुलाई सुरक्षित रहन आग्रह गर्दै पूर्वमन्त्री ढकालले मास्क हस्तान्तरण गरेका हुन् । काठमाडौँमा पूर्वमन्त्री ढकालले समाचार प्रमुख पुडासैनीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

मास्क हस्तान्तरणपछि पूर्वमन्त्री ढकालले यस्तो संकटको समयमा समेत नेपाली पत्रकारहरुले फिल्डमा खटिएर जनतालाई सूचित गरिरहेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । पत्रकारहरुले यस्तो बेलामा पुर्याएको योगदान स्मरणीय रहने समेत ढकालको भनाई छ ।

मास्क हस्तान्तरण कार्यक्रममा परिवार दलका केन्द्रीय प्रवक्ता सन्तोष पौडेल, केन्द्रीय सदस्य प्रकाशबाबु थापा, केन्द्रीय सदस्य मनोजकुमार सुर्खेती लगायतका महानुभावहरुको उपस्थिति थियो ।

यसअघि पनि पूर्वमन्त्री तथा नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष ढकालले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई मास्क, सेनिटाइजर लगायतका सामग्री उपलब्ध गराएका थिए ।

कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि हातमुख जोर्न समस्या भएका परिवारका लागि खाद्यन्न उपलब्ध गराउने घोषणा पनि ढकाल अध्यक्ष रहेको दलले गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*