कपिलवस्तुसँग जोडिएको सबै नाका जेठ ५ गतेसम्म सिल

तु खबर संवाददाता
२०७७ बैशाख २९, सोमबार १६:२७

कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढेसँगै कपिलवस्तुलाई अगामी जेठ ५ गतेसम्म सिल गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समिति बैठकले आज साँझ ५ बजेबाट उक्त जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।

भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले कोपिलबस्तुसँग जोडिएको सबै नामा सिल गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुमा सोमबार मात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि भएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*