कोरोना अपडेट – संक्रमितको संख्या ४० लाख २४ हजार नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ ।
नेपाली समय अनुसार आइतबार बिहान ९ बजेसम्मको तथ्यांकमा विश्वभर संक्रमितको संख्या ४० लाख २४ हजार ९ पुगेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २ लाख ७९ हजार ३ सय ११ जनाको मृत्यु भएको छ। कोरोनाको कारण बढी मृत्यु हुनेको देशमा अमेरिका रहेका छन् । अमेरिकामा हालसम्म ७८ हजार ७ सय ९२ को मृत्यु भएको छ ।
त्यस्तै विशवभर १३ लाख ७५ हजार ६ सय २४ जना उपचारपछि निको भएका छन्।
