कोरोना अपडेट– विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघ्यो
कठमाडौं । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघेको छ ।
नेपाली समय अनुसार शनिबार बिहान ८ बजेसम्मको तथ्यांकमा विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार ८ सय ६३ पुगेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा ३९ लाख ३७ हजार ८ सय १३ जना मानिस संक्रमित भएका छन्। संसारभर एकै दिनमा ९७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएको तथ्यांक रहेको छ।
विश्वमा १३ लाख १९ हजार ४ सय ४७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसका छन्।
