संसद अपहरणको यर्थाथ बजेट अधिवेशनमै आउँछ : नेकपाका उपनेता नेम्वाङ

तु खबर संवाददाता
२०७७ बैशाख २६, शुक्रबार १७:३७
file-photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सांसद अपहरण’ को यथार्थ छिट्टै आउने बताएका छन् ।

उपनेता नेम्वाङले शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले आफ्नो दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नहुने बताउँदै ‘यसमा भएको के हो ? संसदको यही अधिवेशनमा यथार्थ आउँछ ।’

सत्तारुढ नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध मानव अधिकार आयोग र काठमाडौं जिल्ला अदालतमा उजुरी समेत परेको छ ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले संसदको यो अधिवेशनले बजेटसँगसँगै शान्ति प्रक्रियासम्बन्धी बाँकी काम टुंग्याउनुपर्नेमा समेत जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*