विश्वभर २ लाख ६९ हजार २ सय ६७ जना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७७ बैशाख २६, शुक्रबार ०८:२३
file photo

कठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ।

नेपाली समय अनुसार शुक्रबार बिहान ७ बजे सम्मको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ७५ हजार ६ सय ४९ पुगेको छ।

अमेरिकामा बिहीबार एकैदिन २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

जोन्स हपिकन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा २ लाख ६९ हजार २ सय ६७ जनाको मृत्यु भएको छ।

त्यस्तै बितेको २४ घण्टामा विश्वभर ९५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३८ लाख ४२ हजार ७ सय ३१ पुगेको छ।

विश्वभर १२ लाख ८२ हजार ७ सय १५ जना मानिस निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*