आजबाट बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
बैठक बस्नअघि बिहीबार प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको थियो ।
बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीहरुको भने भोलि बिहान ८ बजेदेखि १० बजेसम्म बानेश्वरमै स्वाबको नमुना संकलन गरिने संसद सचिवालयले जनाएको छ ।
सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् ।
कोरोनाकै जोखिमका कारण पत्रकारहरुलाई कलम र डायरी लिनसमेत बन्देज गरिएको संसद सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।