बुद्ध जयन्तीले कोरोना भाइरसविरुद्ध लड्ने तागत र ऊर्जा पैदा गर्छ– प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतमबुद्धको उपदेश विश्वमै लोकप्रिय रहेको बताएका छन् ।
२५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा एक शुभकामना जारी गर्दै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता भएको बताएका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, “बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हाँसिल गर्न भौतिकवादी ढङ्गले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले सबै नेपालीले गर्व गर्न सक्ने उल्लेख छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले बुद्धजयन्तीले हालसंसारभर फैलिएको कोरोना भाइरस विरुद्ध लड्ने तागत र ऊर्जा पैदा हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी अध्यक्ष दाहालले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको पनि सम्पुर्ण किराँत समुदायलाई शुभकामना दिए ।