नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको छ– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बिहिबार एक सन्देश जारी गर्दै सरकारले चालेको प्रभाबकारी कदमका कारण हालसम्म नेपालमा संक्रमण भयावह भएको छैन, तर भयावह हुन सक्ने लक्षण रहेको बताएका हुन् ।
उनले महामारीले भयावह रुप लिन सक्ने भन्दै सबैलाई सजग हुन पनि आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा र्पुयाएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बाँकी संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।