लकडाउनका कारण खानपिनमा समस्या भएको भन्दै लुकेर सीमा पार गर्ने ११ भारतीय पक्राउ

तु खबर संवाददाता
२०७७ बैशाख २२, सोमबार १०:१४
सांकेतिक तस्बिर

महोत्तर । महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै प्रहरीले आज बिहान ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् ।

महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका काम गर्दै आएका उनीहरुले लकडाउनका कारण खानपिनमा समस्या भएको भन्दै लुकेर घर जान लागेको बताएका छन् ।

पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*