विश्वभर ५ हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण
काठमाडौं । विश्वभर ५ हजारभन्दा बढी नेपालीहरु कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार, विश्वभर ५ हजार २ सय ४८ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये १५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । नेपालमा आईतबार एक जनामा कोरोनाको पुष्टि भएसँगै संक्रमितको संख्या ६० पुगेको हो । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपाल ६०, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अस्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
कोरोनाका कारण विश्वभर ७३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।
