अपडेट– भारतमा एकै दिन २ हजार ४ सयमा कोरोना संक्रमणको पुष्टि

तु खबर संवाददाता
२०७७ बैशाख २१, आईतवार ०९:१९
file photo

भारतमा एकै दिनमा २ हजार ४ सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ ।

भारतमा एकै दिन एक सय जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ।

१० हजार ८ सय १९ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै नेपालमा हाल नयाँ संक्रमित संख्या नभेटिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

बाँकी ४३ संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण कुनैपनि व्यक्तिको मृत्यु भएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*