विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघ्यो

तु खबर संवाददाता
२०७७ बैशाख १९, शुक्रबार १६:००
filr-photo

काठमाडौं । विश्वभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ ।

नेपाली समय अनुसार शुक्रबार दिउसो ३ बजेसम्म मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ४ सय ३९ पुगेको हो ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३२ लाख ६७ हजार ८ सय ६७ जना कोरोना संक्रमित फेला परेका छन् ।

नेपलामा संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको हो । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

विश्वभर कोरोना संक्रमित निको भएर घर फर्किनेको संख्या १० लाख १५ हजार १ हजार ८३ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*