बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन
काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।
खानको ५४ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको खानको उपचारको क्रममा मंगलबार नै निधन भएको हो ।
खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।
कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डेलगायत फिल्ममा अभिनय गरेका छन् ।
