नेकपा १७ नम्बरद्वारा विपन्नलाई राहत वितरण

तु खबर संवाददाता
२०७६ चैत्र १८, मंगलवार ०९:३७

मकवानपुर, १८ चैत । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ नेकपाले आज सो वडाका ८० जना अति विपन्नलाई खाद्यन्न उपलब्ध गराएको छ ।

वडा अध्यक्ष भैरव राईको रोहबरमा नेकपा पार्टी इन्चार्ज शंकर राउत, पार्टी अध्यक्ष लक्ष्मण खुलाल, जिल्ला सदस्य कमल विष्ट र रेडक्रस सभापति कृष्ण सापकोटाको टोलीले ८० जनालाई चामल, दाल, तेल र नूनसहितको खाद्यन्न उपलब्ध गराएको नेकपा १७ नम्बर पार्टी इन्चार्ज शंकर राउतले तु खबरलाई बताउनुभयो ।

उहाँले दिएको जानकारी अनुसार, बाहिरबाट आइ बसोबास गरेका, श्रमिक तथा विहान बेलुकाको छाक टार्न समेत धौधौ पर्ने अवस्थाका व्यक्तिहरुलाई खाद्यन्न उपलब्ध गराइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*