लकडाउनमा हिँडेर घर पुग्छु भन्ने ३४ जनाको सडकमै मृत्यु
काठमाडौँ १८ चैत । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि भारत सरकारले २१ दिन लकडाउन गर्यो ।
जसको असर सबैभन्दा बढी मजदुर वर्गलाई परेको छ ।
मजदुरहरु काम गर्ने स्थानबाट घर जान समेत पाएका थिएनन् । कारोनाको जोखिम बढेको कारण सरकारले तत्काल लकडाउन घोषणा गर्यो । लकडाउन भएपछि मजदुरहरु घरसम्म पुग्नको लागि हिँड्नुभयो ।
जब सबै बन्द भयो तब मजदुर भोक प्यासको ख्याल नगरी हिँडेर आफ्नो घर पुग्ने उद्देश्यसहित निस्कनुभयो । यो यात्रामा कतिले आफ्नो ज्यान नै गुमाउनु पर्यो । कसैलाई गाडीले ठक्कर दिए, कतिको हिँड्दा हिँड्दै मृत्यु भयो ।
लकडाउनको ६ दिन बितिसकेको छ र अहिलेसम्म २९ मजदुरसमेत ३४ जनाले ज्यान गुमाइसक्नुभएको छ । जबकी कोरोनाका कारण भारतमा ३७ जनाको मृत्यु भइसकेको छ ।
