गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिने भए ७० हजार

तु खबर संवाददाता
२०७६ माघ २९, बुधबार १४:२९
file-photo

काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्।

उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन्।

सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन्। त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए। यससँगै उनको कुल ८ विकेट भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*