बागमती प्रदेश सरकारले दियो रंगशाला निर्माणका लागि १० करोड
हेटौंडा, २७ माघ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ सहयोग गरेको छ ।
रंगशाला निर्माण स्थलमा भएको धनधाञ्याचल महोत्सवको अबसरमा बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । धुर्मुस–सुन्तली फाण्डेशनले रंगशाला निर्माण गरिरहेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफैं रंगशालामा पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
धनधाञ्याचल महोत्सव माघ १९ गतेदेखि जारी छ । ५० करोड सहयोग रकम जुटाउने उद्देश्यका साथ जारी महोत्सव सकिएको छ । रंगशाला निर्माणका लागि कुल ३ अर्ब लागत रहेको छ ।
