गृहमन्त्री बादल यस कारण आउँदै छन् मकवानपुर
हेटौंडा, २६ माघ । गृहमन्त्री रामबहादुर थापा (बादल) मकवानपुर आउने भएका छन् । फागुन ३ गते मकवानपुरको पुर्वी क्षेत्र बागमती गाउँपालिकामा बादल आउन लागेका हुन् ।
फागुन १२ गतेसम्म बागमती गाउँपालिकाको फापरबारीमा हुने तेस्रो बागमती गोल्डकप–२०७६ लाई उद्घाटन गर्न उनी आउन लागेका हुन् ।
गोल्डकप आयोजक बागमती खेलकुद विकास समितिले बादल आउने निश्चित भएको जानकारी दिएको छ ।
