नेपाललाई पहिलो सफलता, कुशलले लिए विकेट
काठमाडौं, २६ माघ । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानविरुद्ध पहिलो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २५० रनको फराकिलो लक्ष्य पछएको ओमानले आफ्नो १२ औँ ओभरमा पहिलो विकेट गुमाएको हो ।
नेपालका लागि कुशल मल्लले पहिलो विकेट लिएका हुन् । उनले जितेन्दर बोल्ड आउट गराएका हुन् । जितेन्दरले ओमानका लागि २३ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । १२ ओभरको समाप्तीमा ओमानले एक विकेट गुमाएर ५१ रन बनाइ सकेको छ ।
