रोनाल्डोको कीर्तिमान तर, युभेन्ट्स पराजित

तु खबर संवाददाता
२०७६ माघ २६, आईतवार ०९:५५

मिलान, २६ माघ । क्रिस्टियानो रोनाल्डो शनिबार इटालीको सिरी ए मा लगातार १० खेलमा गोल गर्ने पहिलो युभेन्ट्सका खेलाडी बनेका छन् । तर उनको क्लब भने भेरोनाको हातबाट २–१ ले पराजित रह्यो ।

यो नतिजाले उपाधिको होडमा रहेका युभेन्ट्सका प्रतिद्वन्द्वीलाई मौका दिनेछ । यसै साता ३५ वर्षका हुने रोनाल्डोले ६५ औं मिनेटमा गोल गरे । यो पछिल्लो १० खेलमा उनको १५ औं गोल हो ।

समग्रमा उनले लिगमा आफ्नो गोल संख्यालाई २० पुर्‍याइसकेका छन् । अब पाँच पल्टका बेलन डे अर विजेता खेलाडी इटालीको लिगमा सर्वकालिन लगातार ११ खेलमा गोल गरेको कीर्तिमान नजिक पुगेका छन् ।

यो कीर्तिमान ग्याब्रिएल बाटिस्टुटा र फाबिओ क्वागिरेलाको नाममा छ । भेरोनाको तर्फबाट त्यस खेलमा फाबिनो बोरोनीले बराबरी गोल फर्काए ।

जियामपाओलो पाजिनलीले खेल सकिन चार मिनेट अगाडि निर्णायक गोल गरे । युभेन्ट्सको ५४ अंक छ र दोस्रो स्थानमा रहेको इन्टर मिलान भन्दा तीन अंकले अगाडि छ । लाजियो चार अंकको दूरीमा तेस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*