नेपाल जित नजिकः अमेरिकाको ९ विकेट गुम्यो
हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई नवौं सफलता मिलेको छ । अमेरिकाका इयान होल्यान्डलाई करण केसीले कट बिहाइन्ड आउट गरेका छन् ।
होल्यान्डले ७५ रन जोड्दै पेभेलियन फर्किए ।
अमेरिकाले ४१ ओभरको खेलमा ९ विकेट गुमाउँदै १४५ रन जोडेकोछ । अमेरिकाका लागि अन्तिम ब्याट्सम्यानका रुपमा शौरभ नेत्राभल्कर मैदान आएका छन् ।
नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।
