डेब्यु खेलमै कुशलको विश्व कीर्तिमान

तु खबर संवाददाता
२०७६ माघ २५, शनिबार १५:१८

काठमाडौं, २५ माघ । कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो डेब्यु खेल हो ।

उनले १५ वर्ष ३ सय ४० दिनको दिनमा अर्धशतक बनाउदै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ५० रन पुरा गर्ने खेलाडी बनेका हुन्।

उनलाई शनिबार रोहित पौडेलको स्थानमा खेलाइएको थियो र रोहितले एक वर्षअघि दुबईमा युएईविरुद्ध सबैभन्दा कम उमेरमा अर्धशतक बनाएको कीर्तिमानलाई कुशलले उछिनेका हुन्।

कुशलले ५१ बलको इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे। उनले विनोदसँग छैटौं विकेटमा ८४ रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई खेलमा फर्काएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*