‘बागमती प्रदेशमा नेता–कार्यकर्ता व्यवस्थापन गर्न राज्यमन्त्री ?’

तु खबर संवाददाता
२०७६ माघ १३, सोमबार १६:२५

हेटौंडा, १३ माघ । बागमती प्रदेशमा पछिल्लो एकहप्तादेखि मन्त्री र राज्यमन्त्री थपिने कुराले तरंक ल्याएको भन्दै प्रदेशसभा बैठकमा यो विषय उठान भएको छ ।

राप्रपा संयुक्तकी सांसद रिना गुरुङले एक हप्तादेखि सञ्चारमाध्याममा प्रदेशमा मन्त्री र राज्यमन्त्रीहरु थ्पिन लागेको कुराले ध्यानाकर्षण भएको बताएकी छिन् । उनले राज्यलाई भार पार्न राज्यमन्त्री नचाहिने बताएकी छिन् ।

सांसद गुरुङले नेता तथा कार्यकर्ताहरुको व्यवस्थापन गर्न राज्यमन्त्री बनाउन लागि भन्दै आपत्ति जनाइन् । उनले विदेशमा रहेको नेपालीहरुको रगत, पसिनाबाट आएको कर मन्त्री, राज्यमन्त्री बनाएर गाडीमा प्रयोग गर्न नहुने तर्क राखिन् ।

अहिलेका मन्त्रीहरुले काम गर्न नभ्याएको र लोड धेरै परेको कारणले राज्यमन्त्री बनाउन लागिएको हो ? भन्दै सांसद गुरुङले प्रश्न गरेकी छिन् । उनले महिला सांसदहरुले मन्त्री बनाउनु पर्ने माग उठाएपछि थन्काउन लागि राज्यमन्त्री बनाउन लागिएको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षाण गराएकी छिन् ।

‘राज्यमन्त्री किन चाहियो ?, आवश्यकता नै छैन् । मन्त्रीहरुले काम नभ्याएर हो, लोड धेरै भएर हो । कि महिला सांसदहरुले आवाज उठाएपछि राज्यमन्त्रीमा थन्काउन हो ।–’ गुरुङले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*