बागमती प्रदेश सभा बैठक बस्दै, यस्ता छन् ३ कार्यसूचि

तु खबर संवाददाता
२०७६ माघ १३, सोमबार ११:३३

हेटौंडा, १३ माघ । बागमती प्रदेशको प्रदेश सभा बैठक आज सोमबार बस्दैछ । आजको बैठकमा छलफलको लागि ३ वटा कार्यसूचि तय भएको छ ।

कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले प्रदेश सभा बैठकमा विशेष समयको कार्यक्रम रहने कार्यसूचि उल्लेख गरेको छ । आज सोमबार साढे ११ बजे बैठक बस्दैछ ।

यसैगरी प्रदेश भित्र सुशासनको प्रत्याभूत गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाछि छलफल हुने कार्यसूचि उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*