काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

तु खबर संवाददाता
२०७६ माघ १३, सोमबार ०९:५७
file-photo

मकवानपुर । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज सोमबार बस्दैछ । महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर काँग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको संस्थापन इतर समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

अर्को वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने मिति यतावत् राखेर आन्तरिक कार्यतालिका संशोधन गर्ने सहमति शीर्ष नेताबीच भएपछि आज बस्ने बैठकमा संशोधित कार्यतालिका पेश हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*