उपसभामुखले दिइन् पदबाट राजीनामा
काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् ।
उपसभामुख तुम्बाहाङफेले सोमबार संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर राजीनामा दिने घोषणा गरेकी हुन् ।
