फुटसल प्रतियोगिताको उपाधि कैलाशलाई

तु खबर संवाददाता
२०७६ माघ ६, सोमबार १०:५८

हेटौंडा, ६ माघ । १७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले हात पारेको छ ।

मकवानपुरमा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा आईतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि हात पारेको हो ।

कैलाशको लागि उमेश थिङले निर्णाय गोल गरेका थिए । उपाधि चुमेसँगै कैलाशले १ लाख रुपैयाँ र दोस्रो स्थानमा आयोजक ५० हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

विजेता र उपविजेता खेलाडीहरुलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मकवानपुरगढी गाउँपालिकाकी कार्यपालिका सदस्य मानकुमारीक नेपाली, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे,प्रतियोगिता संयोजक भीम पाख्रिनले पुरस्कार बितरण गरे ।

गत पुस २८ गते सुरु प्रतियोगितामा मकवानपुरका सबै १० वटै स्थानीय तहको फुटसल टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*