काँग्रेस राक्सिराङ गापाको सभापतिमा जिम्बा, सहसभापतिमा प्रजा

तु खबर संवाददाता
२०७६ माघ ६, सोमबार ०८:२३

हेटौंडा, ६ माघ । नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सभापतिमा बिरेन्द्र जिम्बा र सहसभापतिमा जितन प्रजा चयन भएका छन् ।

मकवानपुरको संघिय क्षेत्र नम्बर २ को प्रदेश ख अन्र्तगत रहेको राक्सिराङ गाउँपालिकाको कांग्रेस सभापतिमा जिम्बा र सहसभापतिमा जितनलाई चयन गरेको केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

उनीहरुलाई काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले प्रमाणपत्र वितरण गरेकी थिइन् ।

यसअघि काँग्रेसले संघ, प्रदेश र ६ गाउँपालिकासहित हेटौंडा उपमहानगर र थाहा नगर सभापति चयन गरिसकेको छ ।

केन्द्रीय प्रतिनिधि न्यौपानेका अनुसार, अब ईन्द्रसरोवर गाउँपालिका सभापति र हेटौंडा उपमहानगरका गाभिएका केही वडा सभापति मात्रै चयन गर्न बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*