हेटौंडाको महावीर क्लब अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल खेल्न पोखरा प्रस्थान
हेटौंडा, ५ माघ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने स्वर्गीय रञ्जित गुरुङ स्मृति नवौं बगर भाइखलक एटए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा हेटौंडाका ३ क्लबले भाग लिने भएका छन् ।
प्रतियोगितामा सहभागी हुन हेटौंडाको महावीर क्लब आज आइतबार पोखरा प्रस्थान गरेको छ । उद्घाटन खेल भोली सोमबार महावीर क्लब, हेटौंडा र पोखराको बगर भाइखलकबीच हुनेछ ।
हेटौंडाबाट महावीर क्लबसँगै, हेटौंडा भेट्रान्स निलों र रातोले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार र दोस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने जनाइएको छ । सोमबारदेखि सुरु प्रतियोगिता माघ ११ गतेसम्म चल्नेछ ।
