टुडिखेल प्राकृतिक र साँस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण छ : राष्ट्रियसभा सदस्य विडारी

तु खबर संवाददाता
२०७६ माघ ५, आईतवार १४:५४
फाइल तस्बिर

हेटौंडा, ५ माघ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्राकृतिक र साँस्कृतिक दृष्टिकोणबाट टुडिखेल विशेष प्रकारको महत्वपूर्र्ण भएको बताएका छन् ।

आईतबार बसेको राष्ट्रियसभाको बैठकमा सदस्य विडारीले मुलुकको पहिचान कि प्राकृतिक, कि  साँस्कृतिक हो भन्दै टुडिखेल विशेष प्रकारको महत्वपूर्ण भएको बताएका हुन् ।

उनले टुडिखेल दक्षिण एसियाकै दोस्रो, राम्रो, ठूलो र जनताको पैतृक सास्कृति सम्पत्ति  बोकेको भन्दै टुँडिखेल मासिएकोमा कस्ले यस्तो अपराधिपूर्ण योजना बनाउछ भन्दै आक्रोश पोखे ।

उनले टुडिखेलको उत्तर पूर्वको बसपार्क सबै ठेकेदारले ओगटेर राखेको भन्दै कस्ले ठेक्का दियो ?, किन दियो ?, कति पैसा खायो ?, किन काम लगाएन ?, किन जनताको काम रोकेर राख्यो ? कुन मन्त्रीले गर्यो ?, त्यो मन्त्री कुन पार्टीमा छ ? भनी प्रश्न  गरे ।

रक्षामन्त्रलाय, भौतिक पूर्वाधार मन्त्रालय, संघीय मामिला मन्त्रलाय र स्तानीय तहलाई टुडिखेलको विषयमा ध्यान आर्कषण समेत गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*