अग्नि सापकोटालाई सभामुख बनाउन अध्यक्षद्वयको सहमति
काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको विषयमा सहमति जुटेको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति जुटेको हो ।
आईतबार बिहान बसेको बैठकले सापकोटार्ला सभामुख बनाउने सहमती जुटेको प्रचण्डनिकट एक स्थायी समिति सदस्यले जानकारी दिए।
दुई अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने नेकपाको सचिवालय बैठकले अनुमोदन गर्ने कार्यक्रम रहेको छ।
