नेकपा हेटौंडा ४ नम्बर वडामा कार्य क्षेत्र बाँडफाँड

तु खबर संवाददाता
२०७६ माघ ४, शनिबार १८:१५

हेटौंडा, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेटौंडा–४ नम्बर वडा सदस्यहरुको कार्य क्षेत्र तोकेको छ । नेकपा वडा पार्टी कमिटीको बैठकले १० वटा टोल तथा विभिन्न विभागहरुको इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।

बैठकमा जिल्ला कार्यलय सदस्य तथा नगर इन्चार्ज श्रीधर पोखरेल, जिल्ला सचिवालय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख नवीन सिग्देल, नगर कमिटी अध्यक्ष रघु आचार्य, सचीव तीर्थ थापामगर, नगर सचिवालय सदस्य तथा ४ नम्बर वडा इन्चार्ज भवानी शर्मा सहइञ्चार्ज शालिकराम ढकालको विशेष उपस्थितिमा भएको बैठक वडा अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटीको अध्यक्षतामा बैठक भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*