न्यायिक समितिमा रहेर काम गर्न कानूनमन्त्री जम्मकट्टेलको निर्देशन

तु खबर संवाददाता
२०७६ माघ ४, शनिबार १७:५९

हेटौंडा, ४ माघ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले न्यायिक समितिमा रहेर काम गर्नका लागि उपप्रमुखहरुलाई निर्देशन दिएका छन् ।

कानूनमन्त्री जम्मकट्टेलले शनिबार हेटौंडामा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा योजना तर्जुमा, राजश्व अनुगमन तथा न्यायिक विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै न्यायिक समितिमा रहेर काम गर्न उपप्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

उनले नयाँ अभ्यासमा काम गर्दा पनि जनतालाई केन्द्रीत गरेर काम गर्न आग्रह गरे ।

उनले प्रदेश सरकारले स्थानीय तहमा न्यायीक समितिका काममा सघाउनका लागि कानूनी सहजकर्ता पठाइएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती ठकुरी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*