यस कारण आउँदै छन् कमल थापा हेटौंडा

तु खबर संवाददाता
२०७६ माघ ४, शनिबार १०:१४
file-photo

हेटौंडा, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा आज हेटौंडा आउँदै छन् ।

अध्यक्ष थापा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज हेटौंडा आउने भएका हुन् ।

ट्रेड युनियनको भेला आज दिउँसो हेटौंडाको प्रकाशमा हुने भएको छ । अध्यक्ष थापाले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*