रुद्र पाख्रिनको स्मृतिमा औपचारिक कार्यक्रम मात्रै

तु खबर संवाददाता
२०७६ पुष २८, सोमबार १०:३५

मकवानपुर, २८ पुस । मकवानपुरगढी गाउँपालिकामा निर्माण गरिएको सहीद रुद्र पाख्रिन स्मृति पार्कमा हरेक वर्ष औपचारिक कार्यक्रम हुने गरेको छ । औपचारिक कार्यक्रमको दिन उनको योगदानको चर्चा गरिन्छ भने उनले सर्वहारा वर्गको मुक्तिको लागि इमान्दार प्रयास गरेको भनेर मन्तब्य व्यक्त गरिन्छ ।

सधैँ जसो यसपाली पनि आजको दिन सो पार्कमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्मकट्टेलले आज प्रमुख व्यक्तित्वको रुपमा सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि जम्मकट्टेलले त्यहाँ हुने फुटसल प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

तत्कालिन क्रान्तिकारी पत्रकार संघले एक जना अग्रज र एक जना समकालिन पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने रुद्र सेन स्मृति पत्रकारिता पुरस्कार पनि अहिले प्रदान गर्न छाडिएको छ ।

पाख्रिनको स्मृतिमा एकदुई औपचारिक कार्यक्रम मात्र आयोजना गरेर रुद्र पाख्रिनको योगदानको सम्मान नहुने धारणा कतिपय नेताहरुले सार्वजनिक गर्दै आइरहेका छन् । तथापी उनको सम्मानमा ठोस केही काम गर्न आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*