पृथ्वी जयन्तीको अवसरमा राप्रपा मकवानपुरद्वारा चियापान

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार १६:०६

मकवानपुर, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले २९८ औं एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा आईतबार हेटौंडामा चियापान कार्यक्रमको आयोजना गरेको छ । राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको सभाध्यक्षतामा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रदेश सांसद रीता माझी, प्रदेश सदस्य रामहरी न्यौपाने, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलाल, राप्रपाका वरिष्ठ उपाध्यक्ष शिवराम थापा, राप्रपाका उपाध्यक्ष गुञ्ज बहादुर न्यौपाने, राप्रपा युवा संगठनका नगर सभापति भृगु कार्की, नेपाली कांग्रेसका नेता रघुरमण न्यौपानेलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*