सभामुखको उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै तुम्बाहाम्फेले दोस्रो पटक पनि राजिनामा अस्वीकार गरिन्

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार १४:४६

काठमाडौं, २७ पुस । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक गरेको राजिनामाको आग्रहलाई पनि अस्वीकार गरेकी छन् ।

सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै अध्यक्षले उनलाई आर्इतबार बिहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।

तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै प्रधानमन्त्री समेत रहेको नेकपाका अध्यक्ष ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई अस्वीकार गरेको स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ । उनलाई अन्तिम पटक सम्झाउने तयारी रहेको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*