‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ’ – अध्यक्ष थापा

तु खबर संवाददाता
२०७६ पुष २६, शनिबार १०:५८
file-photo

भक्तपुर, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पुस महिनाभित्रै दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् ।

अध्यक्ष थापाले शुक्रबार राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सो कुरा बताएका हुन् ।

उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताए ।

अध्यक्ष थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ’ अध्यक्ष थापाले भने ।

उनले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस–कम्युनिष्टको विकल्पको रूपमा रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*