नेकपा हेटौंडा उपमहानगर कमिटिको जिम्मेवारी बाँडफाड

तु खबर संवाददाता
२०७६ पुष २६, शनिबार ०९:५०

हेटौंडा, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौँडा उपमहानगर कमिटी सचिवालयको शुक्रबार बसेको बैठकले जिम्मेवारी बाँडफाड गरेको छ ।

बैठकले नगर अध्यक्ष रघु आचार्य, सचिव तिर्थ थापामगर, धर्मराज पुडासैनी, नरहरी महत र रामचन्द्र अर्याल रहनेगरी पाँच सदस्यीय कार्यालय टिम गठन गरेको छ ।

बैठकले जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्ज तथा हेटौडा नगरका १९ वटै वडाको पनि इन्चार्र्ज सह–इन्चार्ज तोकिएको सचिव तिर्थ थापा मगले जानकारी दिए ।
यस्तै बैठकले संगठन, प्रशिक्षण, यूवा तथा खेलकुद लगायत १६ वटा विभाग समेत गठन गरेको उनले जानकारी दिए ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्ला सचिव प्रेम बहादुर पुलामी, जिल्लाका नेताहरु बलराम बल, श्रीधर पोखरेल, कमानसिं पाख्रीन, प्रमिला पुलामी, भगवती पुडासैनी, मिना लामा, विवेक राई, कमल विष्ट, बालकृष्ण चाँैलागाई लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*